जनता टाइम्स

१ फाल्गुन २०७८, आईतवार ०९:५६

टेलिकमको भ्यालेन्टाइन्स डे अफर सार्वजनीक : सस्तोमा अनलिमिटेड भ्वाइस र डेटा कसरी लिने ?



काठमाडौं, फागुन १ । नेपाल टेलिकमले भ्यालेन्टाइन्स डे अफर सार्वजनिक गरेको छ। प्रणय दिवसका अवसरमा टेलिकमले अनलिमिटेड डेटा र भ्वाइस सुविधा दिएको हो।टेलिकमका अनुसार ४९ रुपैयाँमा २४ घण्टाका लागि अनलिमिटेड भ्वाइस र अनलिमिटेड डेटा पाइनेछ। ग्राहकले १ एमबीपीएस गतिमा डेटा चलाउन सक्नेछन्।अनलिमिटेड भ्वाइस टेलिकमको नेटवर्कभित्र मात्रै प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ। ८१४१५३ डायल गरी वा नेपाल टेलिकमको मोबाइल एपबाट यो सेवा लिन सकिनेछ।यो अफर फागुन १ र २ गतेका लागि मात्र लागू हुने टेलिकमले जानकारी दिएको छ।