जनता टाइम्स

४ फाल्गुन २०७८, बुधबार ११:३३

सुनको भाउ आज १६ सय रुपैयाँले घट्यो


काठमाडौं, फागुन ४ । लगातार बढेर तोलामा ९६ हजार सात सय रुपैयाँमा पुगेको सुनको भाउ आज भने घटेको छ । आज तोलामा सुन १६ सय रुपैयाँले घटेर ९५ हजार एक सय रुपैयाँमा झरेको छ ।

हिजो तोलामा १२ सय र गएको आइतबार १५ सय रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा १३ सय २० रुपैयाँ रहेको चाँदी आज १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।