जनता टाइम्स

५ फाल्गुन २०७८, बिहीबार १३:०७

कांग्रेस महोत्तरीको विवादित क्षेत्रको अधिवेशन ८ फागुनमा


महोत्तरी, ५ फागुन । नेपाली कांग्रेस महोत्तरीको विवादित वडा र क्षेत्रको अधिवेशन ८ फागुनमा हुने भएको छ । विवादका कारण स्थगित भएको मनरासिस्वा नगरपालिका–८, बल्वा नगरपालिका र क्षेत्र नम्बर ३ को अधिवेशन ८ फागुनमा निर्वाचन प्रक्रियावाट टुंगो लगाउने तय भएको हो ।

निर्वाचन कहाँ गराउने भन्ने विषय विवाद बढेपछि क्षेत्र नम्बर ३ को अधिवेशन पटक–पटक बिथोलिँदै आएको थियो ।

एक पक्षको पिपरामा गराउनुपर्ने अर्को पक्षको जलेश्वर गराउनुपर्ने अडानको कारण अधिवेशन स्थगित बन्दै आएको थियो । अब भने पिपरा गाउँपालिकास्थित रामनारायण विद्यालयको प्राङ्गणमा निर्वाचन गर्ने दुवै पक्षबी सहमति भएको जिल्ला सभापति महेन्द्र राय यादवले जानकारी दिनुभयो ।