काठमाडौं, ६ फागुन । नेपाल धितोपत्र बोर्ड (सेबन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पदभार ग्रहण गर्नुभएको छ । अर्थमन्त्री जनार्दन शर्माले कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न आग्रह गर्दै उहाँलाई पदभार ग्रहण गराउनुभएको हो । आज अर्थ मन्त्रालयमा शपथ गराउँदै उहाँले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्नसमेत आग्रह गर्नुभयो ।
पुँजीबजारको सुधारका लागि धेरै काम गर्न बाँकी काम रहेको मन्त्री शर्माले स्मरण गराउनुभएको थियो ।
उहाँले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिक रूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो । नवनियुक्त अध्यक्ष हमालले सेबोन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्