काठमाडौं, फागुन १० । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग एमसीसीको बिरोध गरे जस्तो गरी संसदबाट पारित गर्ने प्रतिवद्धता जनाउनु भएको पाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासामू प्रचड र माधवले एमसीसी अघि बढाउँदा बिरोध गर्ने तर पारित गर्न सघाउने प्रतिवद्धता जनाउनु भएको पाइएको हो ।
प्रतिनिधिसभामा एमसीसी टेवल गर्दा प्रचण्ड र माधवले समर्थन गरे पनि सोही दलका सांसदहरु बिपक्षमा उभिएका थिए । सत्तारुढ गठबन्धनको बैठकमा आफ्नो प्रतिष्ठा बनाउनु भएपछि आफूहरुले बिरोध नगर्दा एमसीसी नै धरापमा पर्न सक्ने भन्दै मतदानको बेला पारित गर्न पुग्ने संख्या जुटाउने र सवै मन्त्रीहरुले एमसीसीको पक्षमा मतदान गर्ने गरी भित्री योजना बनाउनु भएको प्रधानमन्त्री निकट एक नेताले जनताटाइम्स डटकमलाई जानकारी दिए । ती नेताका अनुसार दुवै नेताले आफूहरु एमसीसीकै पक्षमा रहेको तर बिगतमा बिरोध गर्नुका साथै पार्टीमा अल्पमतमा परेको कारण बाध्यतासमेत सुनाउनु भएको छ ।
एमसीसीमा माओवादी केन्द्रमा प्रचण्ड अल्पमतमा हुनुहुन्छ । बहुमत जता पुग्छ त्यतैको बिचार बोकेर नेता भइरहने कलामा माहिर प्रचण्ड एमसीसीमा पनि दोहोरो भूमिकामा हुनुहुन्छ । प्रधानमन्त्रीसामू एमसीसी पारित गराउने प्रतिवद्धता जनाउनु भएका प्रचण्डले पार्टीका सवै नेता बिपक्षमा उभिएपछि संसदमै नारा लगाउनु लगाउनु भयो तर आफू भने चुपचाप हेरेर बस्नुभयो । पछिल्लो समय माधवले पनि प्रचण्डकै शैली अपनाउन थाल्नुभएको छ । सभामुखले अबैध काम गरेपछि जन्मिएको नेकपा एकीकृत समाजवादीमा एमसीसीको बिपक्षमा सम्मानित नेता झलनाथ खनालले नै कडा प्रतिवाद गर्नुभएको छ ।
पार्टीभित्रको दवावकै कारण माधव-प्रचण्डले अमेरिकी सहयोग एमसीसी राष्ट्रघाती रहेकोले संसदमा लैजानै नहुने भन्दै सवै जनसंगठनलाई सडकमा उतार्नुभयो । नेकपा एसका मन्त्रीहरु पद जोगाइ राख्न एमसीसीकै पक्षमा उभिसक्नु भएको छ । पछिल्लो समय प्रचण्ड र माधव दुवै सरकार छाडनु भन्दा आफूहरुले नै राष्ट्रघाती भनेको भएपनि एमसीसी पास गर्नुपर्ने पक्षमा उभिनु भएको तथ्य सोही पार्टीका नेताहरुले आफूनिकटसँग बताउन थालेका छन ।
प्रचण्ड र माधव पछिल्लो समय पार्टीकै नेताहरुसँग एमसीसीको पक्षमा दृढतापुवर्क उभिएर गठबन्धन भत्काउने केपी ओलीको षडयन्त्र चकनाचुर पार्नुपर्ने बताउनु थाल्नुभएको छ । ‘एमसीसीको कारण गठबन्धन टुटन दिनुहुन्न, पक्षमै उभिनुपर्छ, केपी ओलीसँग लडन यत्रो दुःख गरेर गठबन्धन बनाइयो, अहिले फेरि गठबन्धन टुट्यो भने त केपी ओली नै हिरो हुन्छन, त्यसैले अव केपी ओली हिरो बनाउने कुरा गर्नुहुन्न, एमसीसीलाई अघि बढाउनु पर्छ, गठबन्धन जोगाउनु पर्छ’ भन्ने प्रचण्ड माधवको तर्क छ ।
बालुवाटार स्रोतका अनुसार सरकार कसै गरे पनि नछाडने, भनेअनुसार काम गर्ने नयाँ सिद्धान्त प्रतिपादन गरिसकेको कारण प्रचण्ड र माधवले एमसीसीमा धोखा नदिनेमा प्रधानमन्त्री देउवा ढुक्क हुनुभएको हो । सोही निश्कर्षका आधारमा संसदमा एमसीसी टेबल भएकै दिन प्रधानमन्त्री देउवाले अव एमसीसी पास हुन्छ भन्नुभएको कांग्रेस नेताहरुको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्