काठमाडौं, १० फागुन । नेपाली बजारमा सुनको भाउ मंगलबार तोलमा आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९७ हजार कायम भएको छ ।
सोमबार छापावाल सुन तोलाको ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको भाउ तोलाको ९६ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको एक हजार तीन सय १५ रुपैयाँ निर्धारण भएको छ ।













प्रतिक्रिया दिनुहोस्