जनता टाइम्स

२० असार २०७६, शुक्रबार २१:४८

भारतले गर्यो नेपाललाई दिँदै आएको अनुदानमा ४० प्रतिशतले वृद्धि


नयाँदिल्ली, असार २०

भारतले नेपाललाई दिँदै आएको अनुदानमा ४० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आज लोकसभामा प्रस्तुत गर्नुभएको बजेटमा नेपाललाई दिँइदै आएको अनुदानमा ४० प्रतिशत वृद्धि गरिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकाल सूर भएपछिको यो पहिलो बजेट हो । उक्त बजेटअनुसार नेपाललाई अब १६ अर्ब ८० करोड रुपैयाँ प्रदान गर्नेछ । सन् २०१८÷१९ मा भारतीय बजेटमा नेपालका लागि १२ अर्ब रुपैयाँ अनुदान छुट्याइएको थियो ।

अघिल्लो वर्षको तुलनामा नेपालले पाउँदै आएको अनुदानमा ४० प्रतिशतले वृद्धि गरिएको भए पनि दक्षिण एसियामा भारतले भुटानलाई सबैभन्दा बढी अनुदान दिँदै आएको छ ।