जनता टाइम्स

२१ असार २०७६, शनिबार ११:४२

रमेश चन्दले न्याए पाउन


बशन्तराज कुँवर

रमेश चन्द ठकुरी सुडान र डाफर घटनाको सुत्रधार र कारक तत्व होइनन । यीनी केबल पहिलेका प्रहरी प्रमुखहरुको कुनियत र गल्तीको परिणाम भोग्न बिवस ब्यक्ति हुन । हिमालय बैंकमा बुकफोर्ष लोन अर्थात पहिल्यै फलानो–फलानो मितिमा सप्लायर्शलाई रकम दिनु भनी निर्णय गर्ने र बैंकले पछि आउने सप्लायर्शलाई पैसा भुक्तानी दिँदा पछि आउने महानिरीक्षकहरुलाई सोध्नु समेत नपर्ने गरी कागज तयार गर्ने जाली फटाहा हरुको जालमा रमेश चन्द ठकुरीलगायत बिचरा थुप्रै निर्दाेष प्रहरीका उच्च अधिकृतहरुले दुःख खेपे ।

शासनमा एक गलत ब्यक्ति प्रमुख तहमा पुगे भने तिनका कारणले संगठनमा भविश्यको धेरै कालसम्म धेरैले पीडा भोग्नु पर्दछ । हिटलर सरकार प्रमुख हुँदा जर्मनीका उनले गरेका अपराधहरुको पाप, तत्कालीन कर्मचारी, उनका परिवार र जनताले धेरै कालसम्म चुकाउनु पर्यो । प्रहरी कल्याण कोषको पैसा खान थोत्रा ट्रक र ट्यांकरमा सेतो रंग पोती लाज सरम पचाइ काम गर्ने प्रहरी प्रमुखहरु अरु नै थिए । रमेश चन्द होइनन् । ती को थिए ? सम्पुर्ण प्रहरी र पूर्वप्रहरीलाई राम्ररी थाहा छ । ती ब्यक्तिहरु जतिसुकै आलिसान महलमा किन नबसुन, तिनीहरुप्रती प्रत्येक कल्याण कोषमा दुःख गरेर रकम दान दिने बहालवाला तथा पूर्वप्रहरीहरुलाइ धिक्कार भन्ने हक छ ।

परिवन्दमा मानिस पर्दछन् । कल्याण कोषमा जे गरे पनि हुन्छ भन्ने महानिरीक्षकहरु कालान्तरमा समस्यामा पर्नेछन । किनकि यो पवित्र कामका लागि पवित्र कामबाट जम्मा गरिएको फण्ड हो । प्रहरी प्रमुखहरुले यस्को प्रयोग र उपयोग त्यस कोषमा रकम राख्ने पूर्व तथा बहालवालाको हीतका लागि गर्नुपर्छ न कि आफुले पैसा कमाउन वा आफुले त्यसमाथि हक जमाइ साशन गर्न ।

पूर्वप्रहरीहरु त्यस समय पश्चात आफुले जम्मा गरेको कोष प्रहरी महानिरीक्षकबाट रक्षा हुन्छ र उनले त्यस रकमबाट आफ्नो भलाइ गर्छन भन्ने कुरामा शंका गर्न थालेका छन । रमेश चन्दले न्याय पाउन । अहिलेलाई यति नै ।

(कुँवर पूर्वप्रहरी बरिष्ठ उपरीक्षक हुन)