काठमाडौं, १३ फागुन । नेपाली बजारमा आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँ कायम भएको छ । बिहीबार छापावाला सुन तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँको दरले घटेको छ । बिहीबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्