जनता टाइम्स

१३ फाल्गुन २०७८, शुक्रबार १६:०१

एनसीसी बैंकका ग्राहकलाई छुट दिने गरी सोल्टी होटलले गर्यो सम्झौता


काठमाडौं, फागुन १३ । एनसीसी बैंकका ग्राहकहरुले काठमाडौंमा अवस्थित सोल्टी होटल र नेपालगञ्जमा अवस्थित सोल्टी वेस्टण्ड प्रिमियरमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा फुण्ड एण्ड वेभरेजमा १० प्रतिशत छुट पाउने भएका छन् ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक र सोल्टी इन्टरप्राइजेजबीच यस्तो सम्झौता भएको हो । संझौताअनुसार सोल्टी इन्टरप्राइजेजअन्तर्गत संचालनमा रहेका अन्य होटलहरुमा समेत यो छुट प्राप्त हुनेछ । यस सम्झौता अन्तर्गत बैंक र इन्टरप्राइजेजबीच प्रर्वद्धनात्मक कार्यक्रमहरु समेत संचालन गर्ने सहमति भएको छ ।

देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।