काठमाडौं, १५ फागुन । जबरजस्ती करणी आरोप लागेपछि आज जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका अभिनेता एवम् मोडल पल शाहलाई अदालतमा पेस गर्ने तयारी भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले आजै जबरजस्ती करणी उद्योगअन्तर्गत उनलाई अदालतमा पेस गर्ने तयारी गरेको हो । अदालतबाट म्याद लिएर प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाउनेछ ।
गत बुधबार एकजना नाबालिग गायिकाले ३२ वर्षीय शाहमाथि जबरजस्ती करणी आरोपसहित जाहेरी दिएकी थिइन् । त्यसपछि एकाएक सम्पर्कविहीन भएका शाह आज मध्यान्ह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि पक्राउ गरिएको हो । मुलुकी अपराध संहिता अनुसार १६ वर्षभन्दा बढी र १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । पहल शाहले करणी गरेको ठहर भएमा यही सजाय हुनसक्छ ।
कानुनले १८ वर्ष मुनिका किशोरीसँग सहमतिमा यौनसम्बन्ध गरे पनि बलात्कार मानिन्छ । सुरुमा बिहे गर्छु भनेर पल शाहले करणी गरेको पीडितको गुनासो छ। तर विवाह नगर्ने बताएपछि घटना सार्वजनिक भएको थियो । आज उनले आफैं प्रहरीमा उपस्थित हुने भन्दै फेसबुकमा स्टाटस हालेका थिए ।स्रोतकाअनुसार युट्यूवरले तमासा गर्ने भएकाले पलले आफूलाई काठमाडौंमा पक्राउ नगर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्