जनता टाइम्स

१६ फाल्गुन २०७८, सोमबार ०७:२६

व्याख्यात्मक टिप्पणीको आवरणमा सुनियोजित भ्रम छर्दै एमसीसी पास गर्नु राष्ट्रघाती : नारायणकाजी श्रेष्ठ


काठमाडौं, १६ फागुन । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेपालको संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन भएको दिनलाई ‘कालो दिन’को संज्ञा दिनुभएको छ । व्याख्यात्मक टिप्पणीको आवरणमा सुनियोजित भ्रम छर्दै एमसीसी पास गर्नु राष्ट्रघाती भएको उहाँको भनाई छ ।

‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराइ छाडे’, उहाँले भन्नुभएको छ, ‘आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन् ।’

त्यस्तै उहाँले सम्पूर्ण देशभक्त नागरिकलाई नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राख्न अग्रहसमेत गर्नुभएको छ । उहाँ भन्नुहुन्छ– सम्पूर्ण देशभक्त शक्तिहरु एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं।