जनता टाइम्स

१७ फाल्गुन २०७८, मंगलवार १६:०१

भोजपुर कांग्रेसका चर्चित युवा नेताहरुले रोजे एमाले


भोजपुर, फागुन १७ । नेपाली कांग्रेसका चर्चित युवा नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । भोजपुर नगर क्षेत्रका सक्रिय ३७ युवाहरू आज कांग्रेस छाडेको घोषणासहित एमाले प्रवेश गरेका हुन् ।

सदरमुकाममा नगर कमिटीको पूर्ण बैठकको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा भोजपुर नगरपालिका बोखिम निवासी लक्ष्मण फुयाँलको नेतृत्वमा कन्चन राई, रिहाङ राई, अनिस राई, नितेस राई, लच्छु श्रेष्ठलगायतको समूह औपचारिकरूपमा प्रवेश गर्नुभएको छ ।

कांग्रेस त्यागेर एमाले रोजेका युवाहरुलाई एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज हरिबहादुर राई, भोजपुर अध्यक्ष शरणकुमार राई र प्रदेश कमिटी सदस्य भरत तामाङलगायतले पार्टीमा स्वगत गर्नुभयो ।

युवाहरूलाई प्रवेश गराउँदै अध्यक्ष राईले सबै उमेर र समुदायको भरोसाको पार्टी एमाले मात्र भएको बताउनु भयो । उहाँले एमाले रोजेका सबै युवालाई जिम्मेवारी दिइने जानकारी पनि दिनुभयो ।