केचना, झापा, फागुन १८ । नेपालकै सवैभन्दा होचो स्थान झापाको केचनाको सिंगो गाउँ यतिबेला ट्युवेल अर्थात कल (चापाकल) गाडनमा ब्यस्थ छ । गरिव मुस्लिम समुदायको बसोवास रहेको झापाको कचनकवल गाउँपालिका ४ बैरवारी (केचना) मा खानेपानी र खेतीको लागि पानीको चर्काे अभाव खेपिरहेका मुस्लिम बस्तीमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा ब्यवसायी दुर्गा प्रर्साईंले कल उपलब्ध गराइदिएपछि यो बस्तीमा ठूलै उत्सव छाएको छ ।


यो बस्तीमा मुस्लिम समुदाय मात्रै रहेको १ सय घर परिवार रहेका छन । यस्तै ८ १० घर परिवार अन्य समुदायको छ । नेपालकै सवैभन्दा होचो केचनामै रहेको यो बस्ती गरिवीको हिसावले पनि सवैभन्दा होचो नै देखिन्छ । जहाँ नेताहरु भोट माग्न जाँदा सवै समस्या समाधान गर्ने प्रतिवद्धता गर्छन, जितेपछि फर्केर जाँने गरेका छैनन । सवैको कुराले निरास बनेर आफ्नो जीवनमा समस्याको समाधान नहुने निश्कर्षमा पुग्न बाध्य यो बस्तीमा एमाले केन्द्रीय सदस्य तथा ब्यवसायी दुर्गां प्रसाईं भगवान बनेर पुग्नुभएको छ ।
‘सवैले ढाँटे, हामीले जिताएर पठाएका कृष्ण सिटौला र राजेन्द्र लिङदेनले त पटक पटक ढाँटनुभयो, तर दुर्गा दाइ (प्रसाईं) ले हाम्रो समस्या समाधान गरिदिनुभयो,’ बैरवारीका ७० बर्षीय बृद्ध मतबुल मियाँले जनताटाइम्स डटकमसँग भन्नुभयो । आँखाभरी आँसु पार्दै मियाले यसअघि जिताएर पठाएका नेताले धोका दिएको तर एक पटक आफ्नो गाउँमा आइपुग्दा नै प्रसाईले समस्या बुझेर अध्याँरोमा डुवेको आफूहरुको समना र बस्तीमा सूर्यको किरण छरेको बताउनु भयो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले चापाकल उपलब्ध गराउने बाचाकवोल गरी यी निश्वार्थ जनताको मत लिएर बिजयी बनेपछि फर्केर नगएको अवस्थामा प्रसाईले एकैपटक कल उपलब्ध गराउने काम गरेको मियाँले बताउनु भयो । उहाँका अनुसार प्रसाई केही समयअघि आफूहरुको बस्तीमा आउँदा स्थानीय सहदेव मुखिया पानी खान नपाएको भन्दै डाँको छाडेर रुनुभएको थियो ।
मुखियाको त्यो पीडा देखेपछि प्रसाईंले के हो समस्या भन्दै बुझन थाल्नुभयो । त्यही क्रममा गाउँमा कल नभएको कुरा आयो । तत्कालै प्रसाईले गाउँका सवै घरमा कलको ब्यवस्था आफूले ब्यक्तिगत खर्चमा गरिदिने प्रतिवद्धता जनाउनु भयो । ‘हाम्रो समस्या देखेपछि २ सय कल पठाउने भनेर जानुभयो, एक साताभित्रै कल आइपुगेको छ, यी कलहरु गाडेपछि सवै पठाउने भन्नुभएको छ,’ अर्का स्थानीय सहिद आलमले भन्नुभयो ।

उहाँकै जसरी मुस्लिम बस्तीका अगुवा मानिने मतेबुल मिया, सैलुल रहमान मिया, मुक्तार मिया इब्रुहिम मन्त्री, जमाल उद्धिन, सेलर मिया पनि प्रसाईले आफूहरुको पीडामा मलम लगाएर भगनावकै दर्जा पाएको बताउनु हुन्छ । ‘हाम्रो क्षेत्रमा जितेर जाने सवले ढाँटे, सवले छलछाम गरे, हामी निसाश थियौं, अव आसा पाएको छ,’ जनताटाइम्स प्रतिनिधिसँग सवैले एकस्वरमा भन्नुभयो,’ ‘हाम्रो बस्तीमा दुर्गा दाई भगवान बनेर आउनु भयो, नेता होस त दुर्गा प्रसाई जस्तो ।’
यसो भनिरहँदा सवैको मुहारमा चमक आयो । सायद प्रसाईंप्रति निकै ठूलो बिश्वास जागेको छ । प्रसाईप्रति बिश्वास जाग्नुको अर्काे कारण पनि रहेको छ, मदरसालाई जग्गा खोजेर भवन निर्माण गर्ने र किसान ठग्नेलाई तह लगाउन गाउँमै राईस मिल सञ्चालन गर्ने । ‘उहाँले कल मात्रै होइन, हाम्रा केटाकेटी पढाउन मदरसा पनि बनाइ दिने भन्नुभएको छ, अवको केही समयमै मदरसाका लागि ५ कठ्ठा जग्गा पास हुन्छ, उहाँकै खर्चमा भवन बनाउने भन्नुभएको छ,’ स्थानीय शान्तिदेवी मुसियाले भन्नुभयो ।

उहाँकै भनाईमा मञ्जरी खातुन मिया, कस्मिरा खातुन, सहनाज बेगम, अरोलिया मुखियाले थप्नुभयो, ‘हाम्रा केटाकेटी बाँसघारीमा पढदा सर्पले टोकेर मर्ने गर्थे, यो कुरा भनेपछि मदरसा बनाइ दिने भनेर दुर्गा सरले काम अगाडि बढाउनु भएको छ ।’ यस्तै धानको मुल्य नपाएर कुन्युमै राखेको देखेपछि राईस मिल बनाउने घोषणा प्रसाईंले गर्नुभएको स्थानीयको भनाइ छ ।

यी सवै कुरा भनिरहँदा स्थानीयमा गतिलो आत्मबिश्वास देखिएको छ । यो बस्तीका सवैले अनुभुति गरिरहेका छन, ‘नेपालकै सवैभन्दा होचो स्थान हाम्रो केचनामा दुर्गां प्रर्साईंको रुपमा सवै पीडा मेटाउने एउटा अग्लो मान्छे भेटिएको छ ।’













प्रतिक्रिया दिनुहोस्