जनता टाइम्स

१९ फाल्गुन २०७८, बिहीबार २०:३८

सहिद परिवारलाई नगदसहित सम्मान


सप्तरी, १९ फागुन । मधेश प्रदेश सरकारले जनयुद्धमा ज्यान गुमाएका सहिद परिवारलाई नगदसहित सम्मान गरेको छ । आज आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मधेशी सहिद प्रतिष्ठानले संयुक्त रुपमा जनयुद्धका १२ सहिद परिवारलाई एकरएक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जनयुद्धका सहिद परिवारलाई तीन–तीन लाख रुपैयाँ सहयोग गर्ने प्रदेश सरकारको निर्णयअनुसार पहिलो चरणमा एक–एक लाख प्रदान गरेको जानकारी दिनुभयो । मन्त्री यादवले दोस्रो चरणमा बाँकी रकम प्रदान गर्ने जानकारी गराउनुभयो ।

जनयुद्धको क्रममा मधेस प्रदेशमा ५ सय ४२ जनाले ज्यान गुमाएका थिए । ती सबै परिवारलाई पनि पालैपालो आर्थिक सहयोग प्रदान मन्त्री यादवको भनाई रहेको थियो । यसअघि मधेश प्रदेश सरकारले आन्दोलनका सहिद परिवार र घाइतेहरूलाई आर्थिक सहयोग थिए ।