जनता टाइम्स

२० फाल्गुन २०७८, शुक्रबार १२:१९

बढ्यो सुनको भाउ, तोलामा ९०० रुपैयाँले बढ्दा कारोबार ठप्प


काठमाडौं, २० फागुन । साताको अन्तिम दिन आज सुन प्रतितोलामा ९०० रुपैयाँका दरले बढेको छ । आज छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो ।

यसैगरी आज तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ । चाँदीको मुल्य भने स्थिर छ । बिहीबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । एकैपटक यसरी भाउ बढ्दा कारोबार ठप्प भएको एक व्यवसायीले बताउनुभयो ।