सप्तरी, २० फागुन । नेपाली कांग्रेस सप्तरीको नेतृत्व चयनका लागि आज शनिबार मतदान भइरहेको छ । महाधिवेशनमा मतदान गर्न जिल्लाका विभिन्न गाउँपालिका नगरपालिकाबाट मतदाताहरू आउँदै थिए । कतिले त मत खसालि सकेका थिए । कति मत खाल्न लाईनमा बसेका थिए।कति त मत खसाल्न लाईन लाग्ने तरखरमा थिए । नजिक गाउँबाट आएका महिलाहरू भिड कम भएपछि मत खसाल्ने सोचले मतदान स्थल नजिक थकाई मार्दै चुनावको बिषयमा गफ गर्दै थिए ।
रूपनी गाउँपालिकाबाट आएकी ४५ वर्षिया संगिता देवी यादवले भन्नुभयो,‘अहिले हामीसँग मत माग्न उम्मेदवार मात्र नभएर एक÷एक कार्यकर्ता हाम्रो पक्षलाई मत दिनु भन्दै दुई हात जोडेर आउँदैछन् । चुनाव सकेपछि कसैले चिन्दैनन् । हामी महिलालाई मत हाल्न जति भनेपनि हामीले हाल्नु हुँदैन ।’
जसले समस्या परेको बेला सहयोग गरेको छ, गर्छ उसैलाई मत दिनुपर्ने अनिताको भनाइ थियो । सोही ठाउँबाट आएकी ६० वर्षिया भालसैर रामले अनितालाई समर्थन गर्दै भन्नुभयो,‘बिरामी परेको बेला जसले अस्पताल पुर्याएको छ । आपत विपत परेको बेला उभिएको छ। उसलाई बाहेक यताउता मत गर्ने छैन ।’
कति उम्मेदवार त उम्मेदवारी दिन र चुनाव लड्न मात्र जिल्ला आउँछन् भोट त लिईसकेपछि कहिलेकाहीँ आफ्नो कामले आउँछन् त्यस्तालाई भोट हाल्न हुँदैन र माग्न आए जवाफ दिनु पर्छ’ भालसैरले भन्नुभयो । अब गाउँका नपढेलेखेका महिलाहरू पनि चुनावको बिषयमा सचेत भईसकेका छन् । उनीहरूले पनि उम्मेदवार पहिचान गर्न थालेका छन् । सप्तरी काँग्रेस सभापतिका उम्मेदवार रामदेव साह र शत्रुधन यादव बिच प्रतिस्पर्धा हुँदैछ ।
संस्थापन पक्षबाट यादवको प्यानलमा उपसभापतिमा फतेह मोहम्मद, राम प्रसाद मण्डल, सचिवमा प्रभुनारायण चौधरी, सतन मण्डल, सह सचिबमा धनश्याम साह र मनोज खड्काको उम्मेदवारी परेको छ । यस्तै कोइराला पक्षबाट साहको प्यानलबाट उपसभापतिमा राम कुमार साह, ध्रुव नारायण चौधरी, सचिवमा नन्दकिशोर यादव, दुर्गानन्द यादव, सह सचिवमा रामसुन्दर मण्डल, मोहम्मद मुस्लिमको उम्मेदवारी परेको छ ।
यसअघि २० गते तोकिएको मतदान तयारीको समय अपुग भएकोले एकदिनपछि निर्वाचन सारेको हो । ५० प्रतिशत मतदान दिउँसो ४ बजेसम्म सकिसकको छ। राति अबेरसम्म मतदान चल्ने छ।मतगणना भोलि हुने निर्वाचन अधिकृतले जानकारी दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्