जनता टाइम्स

२२ फाल्गुन २०७८, आइतबार १६:१०

सुनको भाउ तोलामा नाघ्यो १ लाख, आज कतिमा हुँदैछ विक्रि ?


काठमाडौं, २२ फागुन । आज सुनको भाउ बढेसँगै तोलाको एक लाख नाघेको छ । यसअघि शुक्रबार तोलाको ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ पुगेको हो ।

आज तेजाबी सुनको भाउ पनि तोलामा २ हजार रुपैयाँले नै बढेर प्रतितोला १ लाख १ हजार ४ सयमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर तोलाको १४ सय १५ रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८७ हजार ३६५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८६ हजार ९३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १२ सय १३ रुपैयाँ कायम गरेको छ ।