काठमाडौं, असार २२
सामाजिक सञ्जाल आजभोलि समाचारको स्रोत बनिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मन्त्रीहरुले समेत सामाजिक सञ्जालबाटै शुभकामना र आफ्ना बिभिन्न सन्देशहरु दिने गर्नुभएको छ । आजभोलि राजनीतिक दलका नेता कार्यकर्तादेखि सामाजिक अभियन्तासम्म सामाजिक सञ्जालको भरपुर उपयोग गरिरहेका छन ।
आज बिहानैदेखि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको ट्विट निकै चर्चामा छ। रिमालले एकाबिहानै ट्वीट गर्दै भन्नुभएको छ, ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन्, कसैले छोड्छन्, दुःख दिन्छन् ! यी छौंडाहरू आफैं चलमलाएका हुन् कि कसैले छोडेका ?
भनिन्छ, छौंडाहरू
आफैं चलमलाउँदैनन्
कसैले छोड्छन्,
दु:ख दिन्छन् !
यी छौंडाहरू
आफैं चलमलाएका हुन् की
कसैले छोडेका?
— Bishnu Rimal (@BishnuRimal) July 7, 2019
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालको संकेत सरकारबिरुद्ध र आफूहरुबिरुद्ध भइरहेको प्रचारबिरुद्ध रहेको छ । सरकारका आलोचकहरूलाई लक्षित गरी उहाँले ‘छौंडा’ भन्नुभएको बुझिन्छ । छौंडाहरू आफैं चलमलाउँदैनन्ु भन्ने रिमालको संकेत देशी बिदेसी प्रतिक्रियावादी भन्ने संकेतसहित सरकारबिरुद्ध भइरहेको अराजक हर्कतलाई बुझन सकिन्छ । रिमालको यो ट्वीटमा उहाँमाथि नै खनिने नेकपाकै नेता कार्यकर्ता निकै बढी देखिएका छन ।
यो ट्विटपछि सामाजिक सञ्जालमा उहाँर्क चर्को आलोचना भइरहेको छ। उहाँकै ट्विटमा मेन्सन गर्नेहरूले पनि ‘पदीय मर्यादा नबिर्सनु सुझाव दिएका छन्। करुणा पराजुलीले सोधेकी छन, तपाईंको पद र जिम्मेवारीले यसो भन्न सुहाएन ! कि त्यही पद र जिम्मेवारीको आडमा यसो भन्दै हुनुहुन्छ कमरेड !
नेकपाका कार्यकर्ता उषाकिरण तिम्सेनाको सुझाव छ, ‘कमरेड तपाईं पार्टीको स्थायी कमिटी सदस्य र प्रमज्यूको सल्लाहकार दुबै पदबाट राजीनामा दिनुस्। यो चेतनास्तरले दुबै पदलाई न्याय गर्न सक्दैन।’ यस्तै सुन्दर धितालले व्यंग्य गरेका छन, ‘एउटा देशको शासकलाई सुझाव दिने ठाउँमा बसेको मान्छेले कस्तो शब्द छान्नुभएको? यो भन्दा तल्लोस्तरको शब्द भेटाउनु भएन ? नेपाली भाषा, साहित्य, संस्कृति, संस्कार र शब्दकोषमा विष्णु रिमालज्यू ?
रिमालले ‘छौंडा’ शब्द प्रयोग गरेको पनि कतिपयले आपत्ति जनाएका छन्। ‘गणतन्त्रमा ढुंगे युगको कुरा गर्ने ? बोक्सीको कुरा गर्ने ? छौंडाको कुरा गर्ने ? रुढिवादीर संविधान विरोधी,’ भन्दै आपत्ति जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्