जनता टाइम्स

२३ फाल्गुन २०७८, सोमबार ०८:११

भक्तपुरमा श्रीमानद्वारा श्रीमतीमाथि तेजाब प्रहार


काठमाडौं, फागुन २३ । भक्तपुरमा एक जना महिलामाथि तेजाब प्रहार भएको छ । सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठका अनुसार तेजाब प्रहारबाट घाइते भएकी महिलाको उपचार भइरहेको छ । रसायन प्रहार गरेको अभियोेगका उनका श्रीमान् श्याम गुभाजु पक्राउ परेको श्रेष्ठले जानकारी दिनुभयो ।

घाइते महिलाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।