जनता टाइम्स

२३ फाल्गुन २०७८, सोमबार १२:५८

कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षको दादागिरी, हतियारसहित डुल्छन् गाउँ


काठमाडौं, २३ फागुन । कांग्रेसबाट निर्वाचित कुसे गाउँपालिका अध्यक्षको दादागिरी चलेको भन्दै स्थानीय आक्रोसित भएका छन् । जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष एवं नेपाली कांग्रेसका जिल्ला सचिव हरिचन्द्र बस्नेतले अहिले हतियारसहित गाउँ डुल्न थाल्नुभएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै गाउँमा हुने विभिन्न पार्टीका कार्यक्रममा हतियारसहित सहभागी हुन थालेपछि स्थानीय त्रसित भएका हुन् । एक जनप्रतिनिधिका अनुसार उहाँलाई कुनै असुरक्षा हुने कारण नहुँदानहुँदै पनि जहिल्यै हतियारसहित आसेपासे लिएर हिँड्नुहुन्छ यो जनतालाई त्रसित हुने कार्य हो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले अध्यक्ष बस्नेतलाई त्यस्तो सुरक्षा जोखिमबारे आफूलाई कुनै जानकारी नभएको सुनाउनुभयो । उहाँले भन्नुभयो,‘उहाँले बोक्नु भएको बन्दुक लाइसेन्स प्राप्त बन्दुक हो । नेपालगन्जमा दर्ता गराएको भन्ने सुन्नमा आएको छ तर तर सार्वजनिकरुपमा बोकेर हिँड्न पाइदैन ।’