म्यानमार, असार २३
गैरआवासीय नेपाली संघ (एनआरएनए)को सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक सम्पन्न भएको छ । शनिवार र आईतवार म्यानमारको याङ्गोनमा भएको एसिया प्यासिफिक क्षेत्रीय भेला आईतवार एक समारोहको विच औपचारिक उद्घाटन भएको थियो ।
उद्घाटन समारोहमा प्रमुख अतिथि म्यानमारका अन्तर्राष्ट्रिय सहयोग मन्त्री चो टिन हुनुहुन्छ भने उद्घाटनमा विशेष अतिथि नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री डा.प्रकाश शरण महत, संघका सल्लाहकार तथा नेपालका संघीय संसदका माननीय सदस्य डा.सूर्य पाठक, म्यानमारका लागि नेपाली राजदुत भीम उदास साथै संघका प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, केन्द्रीय अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव डा.बद्री केसी, सचिव डिवी क्षेत्रीलगायत सहभागि थियो ।
एनआरएनए एसिया प्यासिफिक संयोजक किरण विक्रम थापाका अनुसार बैठकले विभिन्न १२ बुँदे निर्णय गर्दै साँस्कृतिक कार्यक्रमसहित समापन भएको बताउनु भयो । बैठकमा २३ देशका २५० बढि प्रतिनिधिहरु सहभागी रहेका थिए ।
बैठकले यस्ता निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्