सप्तरी, ३ चैत । चोरी गरेको आरोपमा फरार रहेको एक जना युवकलाई आज पक्राउ गरी कारागार चलान गरेको छ । राजविराज ६ का २५ वर्षीया श्यामबाबु साहलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले साहको घरबाटै पक्राउ गरी ३० हजार जरिबाना तिराई कारागार चलान गरेको हो ।
राजविराज नगरपालिका–७ बस्ने शिव नारायण साहको जाहेरीको आधारमा जिल्ला अदालत सप्तरीले १५ जेठ २०७६ मा साहले ३० हजार जरिबाना र एक महिना चार दिनको कैद सजाय भोग्नुपर्ने फैसला गरेको थियो । फैसलापछि प्रतिवादी फरार रहेका थिए ।












प्रतिक्रिया दिनुहोस्