जनता टाइम्स

४ चैत्र २०७८, शुक्रबार ११:३७

काभ्रेको मण्डनदेउपुरमा चरम भ्रष्टाचार, अख्तियारले लियो सवै कागजात नियन्त्रण


काठमाडौं, चैत ४ । काभ्रेको मण्डनदेउपुर नगरपालिकामा चरम भ्रष्टाचार देखिएको छ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका काभ्रे जिल्ला अध्यक्षसमेत रहेका मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाईबाले योजनावद्ध रुपमा नगरपालिका भ्रष्टाचारमा डुबेको देखिएको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको उजुरीपछि नगरपालिकालाई पत्र लेख्दै ९ प्रश्नको जवाफ मागेर कार्यालयको कागजात समेत नियन्त्रणमा लिएको छ । अख्तियारले अहिले नगरपालिकाको सबै कामको छानविन गरिरहेको छ । आयोगले २०७८ बैशाख २३ मा नगरको नाममा गोप्य पत्र लेख्दै नगर प्रमुखको छोरा सुरेश वाइबा प्रोपाईटर रहेको आरम्भ कन्सट्रक्सन प्रालिलाई बिभिन्न निर्माणकार्य गर्न दिँदाको सबै कागजपत्र मागेको पाइएको छ ।

अख्तियारले विवरण मागेको धेरै अघि भए पनि गोप्यपत्र चाहिँ अहिलेमात्रै सार्वजनिक भएको छ । आयोगको पत्रमा योजना स्विकृती, विनियोजित बजेट, लागत अनुमान, खरिद प्रकियासंग सम्बन्धित कागजातहरु मागिएको छ ।