जनता टाइम्स

९ चैत्र २०७८, बुधबार ०९:३७

उद्योग वाणिज्य संघ जुम्ला अध्यक्षमा देवकोटा


जुम्ला, ९ चैत । जुम्ला उद्योग वाणिज्य संघमा लोकतान्त्रिक प्यालन विजयी भएको छ । कांग्रेस निकट लोकतान्त्रिक र वाम निकट वामपन्थी प्यानल चुनावी मैदानमा उत्रिएको थियो । जसमा कांग्रेस निकट पुरिचन्द्र देवकोटा अध्यक्षमा निर्वाचित भएका छन् । देवकोटाले वामपन्थी निकटका भैरबहादुर कठायतलाई पराजित गर्नुभएको हो ।

निर्वाचन अधिकृत दिलबहादुर महतका अनुसार देवकोटाले २६६ मत प्राप्त गरे भने कठायतले १७९ मत मात्र पाउनुभयो । प्रथम उपाध्यक्ष डम्मरकुमारी खड्का २६३ मतसहित विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नन्दराज धितालले १७० मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा गणेश रोकाया, महासचिवमा टेकेन्द्र नगरकोटी र कोषाध्यक्षमा देवेन्द्र आचार्य विजयी हुनुभयो ।