जनता टाइम्स

९ चैत्र २०७८, बुधबार १६:१९

सेयर बजारमा २० अंकको गिरावट, कारोबार रकम पनि घट्यो


काठमाडौं, ९ चैत । नेपाली सेयर बजार नेप्सेमा आज पनि २० दशमलव ३४ अंकले गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसारध आज नेप्से २६ सय ३० अंकमा पुगेर बन्द भएको छ । कारोबार रकममा समेत उलेख्य गिरावट आएको छ ।

३९ लाख ८५ हजार पाँच सय ७४ सेयरको किनबेच हुँदा दुई अर्ब चार करोड ६३ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यो रकम मंगलबारभन्दा ४७ करोडले कम हो । मंगलबार दुई अर्ब ५१ करोड ८८ लाख ९४ हजार एक सय ७८ रुपैयाँको सेयर कारोबार भएको थियो ।

नेप्सेमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र इमर्जिङ नेपाल कम्पनीको सेयरले सर्किट मूल्य १०/१० प्रतिशतले बढेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६८ रुपैयाँले बढेर ७४५ रुपैयाँ र इमर्जिङ नेपाल कम्पनीको सेयर मूल्य ६२ रुपैयाँले बढेर ६९१ रुपैयाँ पुगेको छ । नेप्सेमा २२६ कम्पनीका सेयर करोड हुँदा ४८ कम्पनीका सेयरधनीले नाफा कमाए भने एक सय ६५ कम्पनीका सेयरधनीले गुमाएका छन् ।