भक्तपुर, १० चैत । भक्तपुरमा छैटौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार मेला २०७८र०७९ हुने भएको छ । ‘औद्योगिक शान्ति नेपाल संस्था’ र मध्यपुर ब्वाइज व्याण्डको संयुक्त आयोजनामा मेला हुन लागेको हो । ‘नयाँ वर्ष नयाँ सोच युवाको लागि छ प्रगतिको स्रोत’ नाराका साथ २४ चैतदेखि ४ वैशाखसम्म मेला हुन लागेको हो ।
मेला सल्लाघारी तीनकुनेमा हुनेछ । मेलाका लागि आवश्यक प्रक्रिया पूरा गरिसकेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले बताउनुभयो । उहाँले अब तत्कालै यस क्षेत्रमा स्टल निर्माण कार्यका लागि तयारीमा जुटिसकेको जनाउनुभयो । मेलामा २०० भन्दा बढी स्टल राखिने जनाइयो ।
स्टलको साइज अनुसार कम्तीमा ६ हजारदेखि १९ हजार ५०० सम्म शुल्क लिएर स्थानीय व्यापारीलाईसमेत स्टल उपलब्ध गराइने जनाइयो । मेलामा करिब ३ लाख भन्दा बढी उपभोक्ताको आगमन हुने अनुमान गरिएको छ । करिब ८ करोडको कारोबार हुने अपेक्षा गरिएको छ । मेला संयोजक दीपक थापाले मेलामा बिक्री गरिने सामानमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यबस्था गरिएको जनाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्