जनता टाइम्स

२४ असार २०७६, मंगलवार ०९:२३

मौसम पुर्वानुमान : आज देशभर बर्षाको संभावना


काठमाडौं, असार २४ । आज देशका अधिकांश भागमा पानी पर्ने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहने छ।

आज मौसम बदली भई देशका धेरै भूभागमा वर्षाको सम्भावना छ। देशको केही स्थानमा भने भारी वर्षा हुनेछ । यसैबीच, आज राति पनि देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै भूभागमा वर्षाको सम्भावना छ। देशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।