काठमाडौं, १५ चैत । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । सोमबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएकोमा आज ९९ हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । सोमबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ७० रुपैयाँमा निर्धारण भएको छ ।













प्रतिक्रिया दिनुहोस्