काठमाडौं, १५ चैत्र । भोजपुरको लेखर्कमा नेकपा एसको सिंगो कमिटी एमालेमा समाहित भएको छ । टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा नेकपा एसको पूरै कमिटी नेकपा एमालेमा समाहित भएको हो ।
वडा कमिटीका अध्यक्ष सन्तोष चाम्लिङ नेतृत्वको २१ सदस्यीय कमिटी एमालेमा प्रवेश गरेको एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले जानकारी दिनुभयो । उहाका अुनसार वडास्तरीय कार्यकर्ता भेलामा अध्यक्ष राई, गाउँपालिका अध्यक्ष एवं प्रदेश कमिटी सदस्य ध्रुव राईलगायतका नेताहरूले उनीहरूलाई स्वागत गर्नुभएको हो ।
स्थानीय निर्वाचन नजिकिँदै जाँदा भोजपुरमा माओवादी, कांग्रेस र एसबाट नेता(कार्यकर्ता प्रवेश गरिरहेका छन् । यसअघि टेम्केमैयुङ गाउँपालिकाकै वडा नम्बर ६ कोटमा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष सूर्य नेपालसहितका जनप्रतिनिधि र सम्पूर्ण वडा कमिटी एमालेमा समाहित भएको थियो ।













प्रतिक्रिया दिनुहोस्