जनता टाइम्स

२४ असार २०७६, मंगलवार ११:४१

एन आई सी एशिया बैंककोे एकैसाथ तीनवटा शाखारहित बैंकिङ्ग सेवा


काठमाडौं, असार २४

एन आई सी एशिया बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका, वडा नं. २, खुदनाबारी, रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११, मोग्लाह र मोरङ्ग जिल्लाको सुनबर्षी नगरपालिका वडा नं. २, अमरदहमा आपm्नो क्रमशः ३८ औं, ३९ औंं र ४० औंं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले संचालनमा ल्याएको खुदुनाबारी शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन अर्जुनधारा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष रघुनाथ खनालले गर्नुभयो र उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा खड्ग माया पराजुलीज्यूलाई नियुक्त गरिएको छ ।

यसैगरीे मोग्लाह शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष खुर्सेद आलमले गर्नुभयो र उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा जलालुद्दीन मुसलमानज्यूलाई नियुक्त गरिएको छ ।

त्यस्तै अमरदह शाखारहित बैंकिङ्गसेवाको समुद्घाटन सुनबर्षी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टेक बहादुर विष्टले गर्नुभयो । अमरदह शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा योगेन्द्र संग्रौलालाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् ।

बैंकले मुलुकभर २८५ शाखा कार्यालयहरु, ३०० एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४० वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।