जनता टाइम्स

१८ चैत्र २०७८, शुक्रबार १४:५०

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ, १८ चैत । सुनको भाउ आज आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा आठ सय रुपैयाँले वृद्धि भएर ९९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, हिजो सुन तोलाको ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ १० रुपैयाँ बढेको छ । हिजो एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ६० रुपैयाँ निर्धारण भएको छ ।