जनता टाइम्स

२४ असार २०७६, मंगलवार १६:४४

नबिल बैंकद्वारा बीभीएस नेपाललाई १ लाख सहयोग प्रदान


काठमाडौं, असार २४

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७६ असँर १९ गते बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाललाई १ लाख मुल्य वरावरको आर्थिक सहयोग प्रदान गरेको छ । सो कम आगलागीबाट पीडित बिरामीहरुको उपचार, परामर्श तथा फिजियोथेरेपीका निम्ति प्रयोग गरिने बताइएको छ ।

बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाल आगलागीबाट हुने हिंसा÷दुर्घटनाका उत्पीडित बिरामीहरुको सुरक्षा, रोकथाम, वकालत, दीर्घकालीन स्वास्थ्य लाभ तथा पुनर्वासको कामहरुमा समर्पित रहदै आएको संस्था हो ।

स्थापना भएको समयदेखी बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपालले ५१० भन्दा बढी आगलागीबाट पीडित बिरामीहरुलाई चिकित्सा, सर्जिकल र पुनस्र्थापनामा सहयोग उपलब्ध गराएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले उक्त रकम बीभीएसलाई हस्तान्तरण गर्नुभयो ।