काठमाडौं, चैत २० । करिब सात महिनादेखि पटक पटक सर्दै आएको एमालेबाट निष्कासित १४ सांसदविरुद्धको मुद्दामा आज पूर्ण सुनुवाइका लागि पेसी तोकिएकोमा विपक्षीको तर्फबाट स्थगनको निवेदन पेस भएको छ ।
न्यायाधीश अनिलकुरमा सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको पूर्ण सुनुवाइ स्थगन गर्न माधव नेपालसहित १४ सांसद पक्षका वकिलबाट निवेदन पेस भएको छ ।
पूर्ण सुनुवाइका लागि तोकिएको इजलास ‘कम्फटेबल’ नभएपछि आजको सुनुवाइ स्थगित गर्न खोजिएको हो । कुनै एउटा पक्षले स्थगनको माग गर्दा सुनुवाइ रोकिन सक्छ । संबिधानअनुसार फैसला आउँदा माधव पक्षधरमाथिको कार्वाही सदर हुने र पार्टी नै नरहने अवस्था आएपछि माधव पक्षलेसुनुवाई रोक्न निवेदन दिएको बताइएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरिएको रिटका पक्षधर कानुन ब्यवसायीले भने इजलास छनोटका लागि विपक्षी वकिलले विपक्षीको तर्फबाट स्थगनको निवेदन दिएको आरोप लगाएका छन् ।













प्रतिक्रिया दिनुहोस्