जनता टाइम्स

२० चैत्र २०७८, आईतवार १८:४४

३१ अंकले घट्यो नेप्से, कारोबार रकम झन्डै डेढ अर्ब


काठमाडौं, २० चैत । साताको पहिलो दिन आज नेप्सेमा ३०.८९ अंकको गिरावट आएको छ । नेप्से २५१३.४१ मा आएर बन्द भएको हो । लगातार घटेको बजार यो साता पनि घट्ने क्रम जारी छ । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज एक अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसरी लगातार घटिरहेको बजारमा कारोबार रकमको कमी आउनु भनेको राम्रो संकेत मानिन्न । बजार घटे पनि तीन कम्पनीले भने पोजेटिभ सर्किट हानेका छन् । राष्ट्र उत्थान लघुवित्त ९१००, इमरजीन नेपाल ९९.९९० नेश्डो लघुबित९९.९९० प्रतिशतले बढेका छन् ।