जनता टाइम्स

२२ चैत्र २०७८, मंगलवार १३:५४

गोसाइकुण्ड गाउँपालिका कोभिड-१९ विरुद्धको पूर्ण खोपयुक्त पालिका


रसुवा, २२ चैत । गोसाइकुण्ड गाउँपालिकालाई कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । सोमबार गाउँकार्यपालिकाको कार्यालय स्याफ्रुबेँशीमा आयोजित कार्यक्रममा गाउँपालिकालाई कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङले पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेले बताउनुभयो । गाउँपालिकाको आठ हजार ४३ कुल जनसंख्या १२ वर्ष उमेर पुगेका सम्पूर्ण नागरिकले कोभिड १९ विरुद्धको दुई डोज खोप प्राप्त गरेको उहाँले बताउनुभयो ।