जनता टाइम्स

२३ चैत्र २०७८, बुधबार १८:१२

एमालेले सर्वसम्मत चयन गर्यो गौरदह–१ को वडा अध्यक्षसहित सदस्य


झापा, चैत २३ । नेकपा एमाले गौरादह नगरपालिका १ ले वडा अध्यक्ष नगेन्द्र भण्डारीलाई नै दोहोर्‍याउने निर्णय गरेको छ ।

आज गौरादह नगरपालिका वडा–१ ले वडाअध्यक्ष, दुई खुला सदस्य, एक महिला र एकजना दलित महिला सदस्य सर्वसम्मत रुपमा सिफारिस गरिएको एमाले गौरादह नगरपालिकाले जनाएको छ ।

आज सर्वसम्मत रुपमा सिफारिस भएका उम्मेद्वारहरूमा वडाअध्यक्षमा भण्डारी, खुल्ला सदस्यमा केशरबहादुर भुजेल, देवराज राई सिफारिस भएका छन् । यसैगरी महिला सदस्य अन्जु निरौला र लक्ष्मी देवी दलित महिला सदस्यमा सर्वसम्मत सिफारिस गरिएको सो वडा कमिटीले जनाएको छ ।