बैतडी,२६ चैत । बैतडीको मेलौली नगरपालिकाका गाउँटोलहरुमा विद्युतसेवा सुचारु हुन थालेको छ । यसअघि सलेना बजार आसपासका क्षेत्रमा मात्रै विद्युत सुचारु भएकोमा हिजो लिखोडामा समेत टान्सफर्मर राखिएसंगै गाउँटोलहरुमा विद्युत सेवा सुचारु भएको हो । गाउँमा विद्युत सुचारु भएसँगै अन्धकारमा बस्नुपर्ने बाध्यता हटेको स्थानीयबासी मान बहादुर चन्दले बताउनुभयो ।
विद्युत पुगेकाले बत्ती बाल्नुका साथै मोबाईल चार्ज गर्न, टिभि तथा कम्युटर चलाउन सहज हुने उहाँले सुनाउनुभयो । गाउँमा विद्युत विस्तार भएसंगै नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय पाटनका प्रमुख पुष्पराज भट्ट तथा ठेकेदार दिनेश कुमार लामिछाने र भरतसिंह ओलीलाई स्थानियबासीले फुलमालाले सम्मान गरेका छन् ।
मलौली केही टोलहरुमा विद्युत विस्तारको ठेक्का आफ्नो कम्पनीले पाएकोमा जिम्मेवारी पुरा गरेको ठेकेदार लामिछानेले बताउनुभयो । सलेनाका सबैभन्दा बढी बस्ती रहेका गाउँहरु लोर्खा र भोरामा ५सय मिटर तार अभावका कारण विद्युत सेवा सुचारु हुन सकेको छैन । पोल गाडिएका उक्त टोलहरुका लागि पटक–पटक तारको माग गरे पनि नपाएको मेलौली २का वडाअध्यक्ष महेन्द्र चन्दले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्