जनता टाइम्स

२५ असार २०७६, बुधबार १२:२२

महालक्ष्मी विकास बैंक र ह्याम्स अस्पतालबीच सेवाशुल्कमा छुट दिने सम्झौता


काठमाडाैं,असार २५

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नाग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ह्याम्स हस्पिटलसँग सेवा शुल्क छुटमा सम्झौता गरेको छ । बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रकाश घिमिरे र अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष आर. एस. भण्डारीले हस्ताक्षर गर्नुभएको हो ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले हयाम्स अस्पतालमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवाशुल्कमा १०% सम्मकोछुट पाउनु उल्लेख छ ।यसका साथै ह्याम्स फार्मेसीमा औषधी खरिद गर्दा ५% सम्मको छुट पाउनु हुनेछ ।

देशका ९६ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।