जनता टाइम्स

२८ चैत्र २०७८, सोमबार १५:०४

कांग्रेसबाट निर्वाचित वडाअध्यक्षसहित दुई सय बढी नेता–कार्यकर्ता एमालेमा प्रवेश


रुपन्देही, चैत २८ । नेपाली कांग्रेसबाट निर्वाचित गैडहवा गाउँपालिका– १ का वडाअध्यक्ष प्रदीपकुमार चौधरीसहित दुई सय बढी नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित चौधरी अव एमालेको बिकल्प छैन भन्दै एमाले प्रवेश गर्नुभएको हो ।

नेता चौधरीको नेतृत्वमा दुई सय जना कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेको एमाले रुपन्देहीका जिल्ला सदस्य सन्दिप गुप्ताले बताउनु भयो । त्यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा) लगायत विभिन्न परित्याग गरी सयौंको संख्यामा नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको गुप्ताले जानकारी दिनुभयो । उहाँले गैडहवा एमालेको बलियो आधार क्षेत्र बन्दै गएको बताउनु भयो ।

एमाले गैडहवा गाउँपालिका कमिटीको आयोजनामा भएको स्थानीय निर्वाचन परिचालन कमिटी प्रचारप्रसार तथा जनसम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उहाँहरुलाई एमालेका पोलिटब्युरो सदस्य तथा राष्ट्रियसभामा संसदीय दलका नेता खिमलाल भट्टराईले पार्टीमा स्वागत गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेता भट्टराईले आगामी निर्वाचनमा एमालेलाई जिताउन आग्रह गर्नुभयो । एमालेकै नेतृत्वमा मात्र मुलुकमा विकास हुने उहाँको भनाइ थियो ।