सुर्खेत, २८ चैत । नेकपा एमालेले नरहरि नाथ गाउँपालिकाको लागि टेक बहादुर बुढालाई सर्वसम्मत गरेको छ । आगामी स्थानीय तहको चुनावका लागि अध्यक्ष पदमा बुढा सिफारिस हुनुभएको हो । उहाँलाई आज बसेको गाउँ कमिटीको बैठकले अध्यक्षमा चयन गरेको हो ।
उहाँ नेकपा एमाले कालिकोटको सचिव समेत हुनुहुन्छ । यसअघिको २०७४ को निर्वाचनमा पालिकाको एमालेको तर्फबाट अध्यक्ष धीर बहादुर विष्ट विजयी हुनुभएको थियो । उहाँ अहिले एमाले छाडेर नेकपा एसमा प्रवेश गरिसक्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्