काठमाडौं, चैत ३० । राप्रपा नेपालका अध्यक्ष कमल थापाको छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा परित्याग गर्नुभएको छ । गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उहाँले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको हो ।
राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको थापाले राजीनामा पत्रमा बताउनु भएको छ ।
राप्रपा महाधिशेनमा राजेन्द्र लिङदेनसँग पराजीत भएपछि कमल थापाले पार्टी परित्याग गर्नुभएको थियो । उहाँ हाल राप्रपा नेपालको अध्यक्ष हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्