काठमाडौं, २ वैशाख । नेपाली बजारमा आज सुनको पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको छ । यसअघि सुन तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ १५ रुपैयाँले बढेको छ । हिजो एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको छ ।













प्रतिक्रिया दिनुहोस्