काठमाडौं, बैशाख ४ । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भरतपुरसहित तीन ओटा महानगरपालिकाको नेतृत्व कांग्रेसले छाडनु पर्ने प्रस्ताव राखेको छ । आज बसेको गठबन्धनको बैठकमा माओवादीले यस्तो प्रस्ताव गरेको हो ।
माओवादीले भरतपुर महानगरपालिका र चार उपमहानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने अडानसमेत राखेको छ । सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा माओवादी नेता वर्षमान पुनले तीन वटा महानरपालिका काठमाडौं, ललितपुर र विराटनगर नेपाली कांग्रेसले लिएर तीन वटा अरु दललाई दिनुपर्ने बताउनु भयो ।
भरतपुर माओवादी केन्द्र, वीरगञ्ज जनता समाजवादी पार्टी (जसपा) र पोखरा एकीकृत समाजवादीले लिने पुनको प्रस्ताव थियो । ११ उपमहानगरपालिकामध्ये जितपुर सिमरा, घोराही, धरान र हेटौंडाको नेतृत्व माओवादी केन्द्रले पाउनुपर्ने पुनको भनाई छ । यस्तै समाजवादीले पनि तीन उपमहानगरको समे दावी गरेको छ ।
जसपाले समाजवादीले भन्दा बढी उपमहानगर दावी गरेपछि कांग्रेसको भागमा उपमहानगरपालिकामा उम्मेद्वार उठाउनै नपाउने गरी प्रस्ताव आएको हो ।













प्रतिक्रिया दिनुहोस्