काठमाडौं, ६ वैशाख । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ बढीमा १० दिनमा सकिने बताउनुभएको छ । काठमाडौंमा आज आयोजित अन्तरक्रियामा उहाँले यस्तो बताउनुभएको हो । उहाँका अनुसार हालसम्म एक करोड मतपत्र छपाइ भइसकेको छ अब धेरै छपाइ बाँकी छैन ।
छपाइ भएको मतपत्र ४६ जिल्लाको लागि भएको उहाँको भनाइ छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छपाइ गरिरहेको छ । आयोगले जिल्लामा दलगत स्थितिलाई ध्यानमा राखेर मतपत्र छपाइ गर्दै आएको छ । आयोगका प्रवक्ता पौडेलका अनुसार सर्वाधिक काठमाडौंमा ४६ वटा दलका लागि मतपत्र छपाइ भएको छ ।













प्रतिक्रिया दिनुहोस्