जनता टाइम्स

२६ असार २०७६, बिहीबार १३:२३

सनराइज बैंकका सञ्चालकबीच विवाद भएप्छि सिइओ निरज श्रेष्ठले लिए बैंक नजाने निर्णय


काठमाडौं, असार २६

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निरज श्रेष्ठले राजीनामा दिनुभएको छ । सञ्चालक समितिमा चर्काे विवाद देखिएपछि ब्यवस्थापकीय नेतृत्व सम्हाल्न नसक्ने कारण देखाई सिइओ श्रेष्ठले राजीनामा दिनुभएको हो ।

श्रेष्ठले चार बर्षे कार्यकालका लागि करारपत्रमा हस्ताक्षर गर्नुभएको थियो । तर सञ्चालकहरुले नियुक्तिका बिषयमा विवाद गरेको भन्दै श्रेष्ठले अध्यक्ष मोतीलाल दुगडलाई पत्र लेख्दै आफू बैंकमा नआउने जानकारी दिनुभएको हो । गत जेठ २३ गते बैंक सञ्चालक समितिले श्रेष्ठलाई सिइओ नियुक्त गरेको थियो । सात सदस्यीय सञ्चालक समितिमा नियुक्तिपछि दुई जना सञ्चालक मालचन्द दुगड र शैलेन्द्र गुरागाइँले सञ्चार माध्यममार्फत श्रेष्ठको नियुक्तिप्रति आपत्ति जनाउनु भएको थियो ।

बिवादपछि श्रेष्ठले अध्यक्ष अध्यक्ष मोतीलाल दुगडलाई सञ्चालक समितिको विवादका जानकारी माग्नुभएको थियो । दुगडले विवाद केही नभएको असार २ गतेबाट बैंक आउन आग्रह गरेपनि निरज बैंकमा नजाने निर्णयमा पुग्नुभएको हो ।