जनता टाइम्स

६ बैशाख २०७९, मंगलवार १६:५८

झिनो अंकले बढ्यो नेप्से


काठमाडौ‌, ६ वैशाख । नेपाल सेयर बजार नेप्से आज झिनो अंकले बढेको छ । आज बजार १३ दशमलव ३७ अंकले बढेर २३ सय ५७ दशमलव २५ मा आएर बन्द भएको छ। कारोबार रकममा भने सोमबारको तुलनाभन्दा २१ करोड कम भएको छ । आज २२९ वटा कम्पनीको २७६ हजार आठ सय ४१ सेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब ३२ करोड बराबरको भएको छ ।

आज दिनभर धेरै अंकको तलमाथि गरे पनि बजार बन्द हुने बेला १३ अंक मात्र बढेको छ । आज अत्यधिक बढ्नेमध्ये नेश्डो लघुवित्त र ग्रिनभेन्चर १० प्रतिशत बढेको छ । हिमालयन ऊर्जा ३५० मा र नयाँ सारथी लघुवित्त ३ दशमलव ८१ प्रतिशतले बढेर ९५५ मा अन्तिम कारोबार भएको छ ।

अत्यधिक घट्नेमध्ये दिव्यश्वरी हाइड्रोपावर ८ दशमलव ८२ प्रतिशतले घट्दा २४८ मा, कालिका लघुवित्त ३ दशमलव ६४ प्रतिशतले घटदा १२७० मा प्रुडेन्सियल इन्स्युरेन्स २ दशमलव ९९ प्रतिशतले घट्दा ५४८ दशमलब १ मा र स्वाबलम्बन लघुवित्त २ दशमलव ३८ प्रतिशतले घट्दा ११५० मा अन्तिम कारोबार भएको छ । आज नबिल बैंक ६ करोड ३० लाख बराबर, हिमालयन डिस्टिलरीको चार करोड ३५ लाख बराबर र महालक्ष्मी बिकास बैंकको तीन करोड ८३ लाख बराबरको कारोबार भएको छ ।