जनता टाइम्स

८ बैशाख २०७९, बिहीबार १२:३३

माधव समुहमा पहिरो, सिंगो टीमसहित एमालेमै फर्किए कास्कीका यी चर्चित नेता


पोखरा, बैशाख ८ । स्थानीत हतको निर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीमा माधव नेपाल समुहको एकीकृत समाजवादीमा पहिरो गएको छ । नेपाली कांग्रेसको नीति र नेतृत्वलाई निसर्त स्वीकार गर्दै माधव नेपालले कम्युनिष्ट आन्दोलन नै समाप्त पार्ने योजना बनाएको तथ्य उजागर भएपछि भ्रममा परी सो पार्टीमा लागेको चर्चित नेताहरु मुल घर एमालेमै फर्किएका हुन ।

यही क्रममा माधव समुहतिर लाग्नुभएका कास्कीबाट पर्यटन ब्यबसायी तथा सो पार्टीका जिल्लाका चर्चित नेता क्षेत्रबहादुर गुरुङ सिंगो टीमसहित एमालेमै फर्कनुभएको हो । गुरुङलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव तथा गण्डकी इञ्चार्ज पदमा अर्याल, गण्डकी एमाले अध्यक्ष नवराज शर्मासहितका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ ।

गुरुङसँगै सुकबहादुर परियार, शम्शेरबहादुर मौरति, राजकुमार मौरती, सन्तबहादुर बिक, बिशाल परियार, भीमबहादुर गुरुङ, बीरबहादुर गुरुङ, रामजी सनिया, होमबहादुर परियारलगायत दर्जन बढी नेता–कार्यकर्ता पनि एमाले प्रवेश गर्नुभएको छ । माधव नेपालको समजवादी पार्टीबाट मुलुकमा सवै काम नराम्रो मात्रै हुने प्रष्ट भएपछि आफूहरु एमाले रोजेको उहाँहरुको भनाई छ ।

‘भ्रममा परिएछ, इमान्दार र नैतिकवान नेता भन्ने भ्रम अव टुट्यो, माधव नेपालको पार्टी त कम्युनिस्टबिरोधी पो रहेछ, अहिलेसम्म त्यो पार्टीमा बस्दा कम्युनिष्ट पार्टीबिरुद्ध परिचालन गर्न प्रतिक्रियावादीहरुको डिजाइनमा समाजवादी पार्टी बनाइएको रहेछ, त्यसैले अव त्यो पार्टीमा कोही बस्नु हुन्न भनेर एमाले नै रोजियो,’ प्रवेशपछि जनताटाइम्स डटकमको जिज्ञासामा उहाँहरुले भन्नुभयो । गुरुङसहितका नेताहरुले माधव समुहलाई बिश्वास गरेर आफैमाथि र देशमाथि गद्धारी नगर्न पनि सुझाउनु भएको छ ।