जनता टाइम्स

१० बैशाख २०७९, शनिबार ०७:१०

रसुवाका पाँचै पालिकामा एमालेले टुंग्यायो प्रमुख-उपप्रमुखका उम्मेदवार (सूचीसहित)


रसुवा, बैशाख १० । नेकपा एमाले रसुवाले पाँचवटै स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारहरु टुंगो लगाएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमाले रसुवाले शुक्रबार उम्मेदवार टुंगो लगाएको हो ।

एमालेका अनुसार उत्तरगया गाउँपालिका अध्यक्षमा माधव अर्याल र उपाध्यक्ष चमेली गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । यस्तै कालिका गाउँपालिका अध्यक्षमा कमलनाथ आचार्य र उपाध्यक्ष अम्बिका भट्ट पौडेललाई उम्मेदवार बनाइएको छ भने नौकुण्ड गाउँपालिकाको अध्यक्षमा सिर्जना लामा र उपाध्यक्ष चन्द्रबहादुर तामाङलाई उम्मेदवार बनाइएको छ ।

यस्तै गोसाइँकुण्ड गाउँपालिका अध्यक्षमा कैसाङनुर्पु तामाङ र उपाध्यक्ष प्रतिमा तामाङ, आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्षमा तेम्ब्रेल तामाङ र उपाध्यक्षमा नविना लामा हुनुहुन्छ ।