जनता टाइम्स

२६ असार २०७६, बिहीबार १४:४८

मनकारी अरुण रुपाखेती र परिवार : जस्ले गरे डिसी मेट्रो सप्ताहमा ५५ हजार ५ सय ५५ डलर दान


डिसी, असार २६

अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका समाजसेवी एवम् मनकारी अरुण रुपाखेती र परिवारले डिसी मेट्रो सप्ताहमा ५५ हजार ५ सय ५५ डलर र ५५ सेन्ट दान गरेका छन् । गत जुन २२ देखि जुन २९ सम्म सञ्चालित डिसी मेट्रो सप्ताह २०१९ का संयोजक समेत रहनुभएका रुपाखेतीले ५५ हजार ५सय ५५ डलर र ५५ सेन्ट दान गर्दै उक्त सप्ताहमा सर्वाधिक ठूलो दान गर्ने दानवीर हुनुभएको हो ।

उहाँले उक्त रकमको घोषणासँगै संस्थापक संरक्षक समेत बन्नुभएको छ तर ४० हजार डलरको सदस्यता बनेपछि संस्थापक संरक्षक हुन पाइन्छ । रुपाखेती अनेसास डिसी शाखा र अन्य संघसंस्थासँग आबद्ध हुनुहुन्छ । झन्डै दुई दशक देखि डिसी मेट्रो महानगर क्षेत्रमा बस्दै अन्य सामाजिक संस्थामा आबद्ध रुपाखेती डिसी नेपाली समाजका संस्थापक अध्यक्ष पनि हुनुहुन्थ्यो ।

उहाँले बिदेशी माटोमा परम्परा, संस्कृतिको सम्बर्द्धन र जगेर्ना गर्न डिसी नेपाली समाजको स्थापना गर्नुभएको हो । उक्त मुनाफा रहित संस्थाले मार्फत झन्डै १० बर्षदेखि हजारौ नेपाली समुदायहरुलाई निःशुल्क जनै पुर्णिमामा क्वाटी, जनै र दशैंमा जमरा वितरण गर्दै आएको छ ।

डिसी महानगर क्षेत्रमा सामुदायिक केन्द्र बनाउनुपर्छ भन्दै पुराण मार्फत यो सम्भव छ भन्ने मध्येकै एक परिकल्पनाकार रुपाखेती हुन् । यसको लागि उहाँर आफ्ना परिवार अहोरात्र खटिई सबैको अथक प्रयास र मेहनतको कारण अमेरिकामा भएका सप्ताह मध्ये सर्वाधिक ठूलो रकम २० लाख ३४ हजार डलर संकलन भएको थियो ।

जुन अमेरिकाको नेपाली समुदायको ईतिहासमा यति ठुलो सहभागिता र १० लाख डलर उठ्न सफल भएको थियो । डिसी मेट्रो सप्ताहको लागि नेपालबाट वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल आएका थिए भने रुपाखेतीकै घरमा पण्डित पोखरेल सप्ताहसम्म बसेका थिए ।

रुपाखेती दम्पत्ति, २ छोराहरु, बुबा, आमा र छोरीसमेतको कूल मिलाएर रुपाखेती परिवारले ५५ हजार ५ सय ५५ डलर र ५५ सेन्ट दान गर्नुभएको हो । उक्त दान डिसी मेट्रो सप्ताहको अन्तिम दिन (जुन २९) मा आफ्ना परिवारको साथ सबैको अगाडी दिने घोषणा गर्नुभएको थियो ।

उहाँले आफू चिकित्सक, अभियन्ता र ठूलो पदमा काम गर्ने नभई घण्टा हान्ने काम गरेतापनि मन भएर दान गरेको बताउनुभयो । उहाँले उक्त रकम दान दिने घोषणा गर्नेसाथ रुपाखेलीलाई काँधमा हालेर पुराण स्थलमा समेत घुमाईएको थियो ।